Regd.No.: 2325/051/052

अब सबै नीजि विद्यालय बन्द गर्छौ’ -मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै नीवि विद्यालय बन्द गर्ने बताएका छन् ।

मण्डनदेउपुर नगरपालिका वडा नं. ४ मा रहेको श्री महाकाली माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव, पूर्वविद्यार्थी पुनर्मिलन तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

‘अब सबै नीजि विद्यालय बन्द गर्छौ' -मन्त्री बाँस्कोटा

‘शिक्षाा व्यापारिकरण अब सदाका लागि बन्द गर्दैछौं । हामी नियम कानून बनाउदै छौं ।’ मन्त्री बाँस्कोटाले भने, ‘मण्डनदेउपुरमा कुनै पनि निजि स्कुल खुल्न नपाओस यही छ शुभकामना ।’
विद्यालय ज्ञानको केन्द्रको रुपमा बिद्यालय बिकास गर्ने सरकारको योजना भएकोले अब नीजि विद्यालय बन्द गर्ने प्रष्ट पारे ।

राजनीतिमा शिक्षकलाई ढोका बन्द

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले शिक्षकलाई राजनीतिको ढोका बन्द गर्ने बताए । ‘पढाउनुपर्ने शिक्षक राजनीतिक दलको कार्यक्रममा सहभागी भएर अब गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिदैन ।’ उनले भने, ‘अब शिक्षकले राजनीतिक गर्ने दिन गए, हामीले राजनीतिमा शिक्षकलाई ढोकाबन्द गर्दैछौं ।’

‘अब सबै नीजि विद्यालय बन्द गर्छौ' -मन्त्री बाँस्कोटा

यसरी हुन्छ नीजि विद्यालय बन्द

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नीजि विद्यालयलाई ताला लगाएर बन्द नगर्ने स्पष्ट पारेका छन् । ‘नीजि विद्यालय बन्द गर्ने भनेर ताला लाउदै हिंड्ने होइन ।’ उनले भने, ‘सरकारी विद्यालयलाई हामी अब्बल बनाउँदैछौं । त्यसैले अहिले भौतिक पूर्वाधारलाई विशेष जोड दिएका छौं ।’

घर पास गर्न इन्जीनियरले आनाकानी गरे कार्वाही

मन्त्री बाँस्कोटाले अब जनताले सुरक्षित महासुस गर्ने गरि बनाएको सबै घर विना प्रश्न पास गर्ने बताएका छन् । घर पास गर्न कुनैपनि इन्जीनियरले आनाकानी गरे त्यस्तो इन्जीनियरलाई प्रशासमा बुझाउन समेत उनले अनुरोध गरे ।’